Section 94
किस्ताबन्दीमा कर दाखिला
०(१) कुनै व्यवसाय वा लगानीबाट कुनै आय वर्षमा निर्धारणयोग्य आय भएको वा हुने व्यक्तिले देहाय बमोजिम तीन किस्तामा कर दाखिला गर्नु पर्नेछ:- दाखिला गर्नुपर्ने मिति दाखिला गर्नुपर्ने कर रकम पुस महिनाको अन्त्यसम्म अनुमानित करको चालीस प्रतिशत रकममध्ये तिर्नबाँकी कर रकम चैत महिनाको अन्त्यसम्म अनुमानित करको सत्तरी प्रतिशत रकममध्ये तिर्न बाँकी कर रकम अन्त्यसम्म रकममध्ये तिर्न बाँकी कर रकम स्पष्टीकरण: यस उपदफाको प्रयोजनको लागि,-
(क) “अनुमानित कर” भन्नाले किस्ताबन्दीमा कर दाखिला गर्नुपर्ने कुनै व्यक्तिले कुनै वर्षको किस्ताबन्दी कर दाखिला गर्नुपर्ने समयमा दफा ९५ बमोजिम गणना गरेको किस्ताबन्दीको अनुमानित कर सम्झनुपर्छ ।
(ख) “तिर्न बाँकी कर रकम” भन्नाले अनुमानित करको यस उपदफामा किस्तामा दाखिला गर्न तोकिएको प्रतिशतले हुने रकमबाट देहायको कुल जम्मा रकम घटाउँदा नपुग हुने रकम सम्झनुपर्छः-
(१) सम्बन्धित किस्ता दाखिला गर्नुपर्ने मिति अगाडि यस दफा बमोजिम पूर्व किस्ताद्वारा त्यस्तो आय वर्षमा दाखिला गरेको कर रकम,
(२) त्यस्तो आय वर्षमा सम्बन्धित किस्ता दाखिला गर्नुपर्ने मिति अगाडि कुनै व्यक्तिको परिच्छेद-१७ बमोजिम उक्त वर्षमा त्यस्तो व्यक्तिको आय गणना गर्दा समावेश हुने भुक्तानीबाट कट्टी भएको कर रकम,
(३) किस्ता बुझाउनुपर्ने मितिभन्दा अगाडि उक्त वर्षमा करक्ट्री गर्ने एजेण्ट वा करक्ट्री हुने व्यक्तिले उपखण्ड (२) मा उल्लिखित भुक्तानीबाट दफा ९० को उपदफा (३) बमोजिम करकट्टी भएको मानिने रकम विभागमा दाखिला गरेको भए त्यस्तो कर रकम,र
(४) किस्ता बुझाउनुपर्ने मितिभन्दा अगाडि सो व्यक्तिले गरेको स्वीकृत औषधि उपचार खर्चको सम्बन्धमा सो व्यक्तिले दफा ५१ बमोजिम दाबी गर्न सक्ने औषधि उपचार खर्चको कर मिलान रकम ।
(१क) कारोबारको आधारमा कर तिर्ने व्यक्तिले देहाय बमोजिम दुई किस्तामा कर दाखिला गर्नु पर्नेछः- दाखिला गर्नपर्ने मिति दाखिला गर्नपर्ने कर रकम पुस महिनाको पुस २० गते सम्मको अन्त्यसम्म कारोबारमा तोकिएको दरअनुसार लाग्ने कर असार महिनाको असार २० गते सम्मको यथार्थ अन्त्यसम्म कारोबारको आधारमा असार महिनाको अन्त्यसम्म हुने कारोबार अनुमान गरी तोकिएको दरअनुसार लाग्ने करको गणना गरी त्यस्तो कर रकमबाट पुस मसान्तभित्र दाखिला गरेको कर घटाई हुन आउने कर रकम ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम बुझाउनुपर्ने समग्र किस्ताको जम्मा रकम सात हजार पाँच सय रुपैयाँभन्दा कम भएमा त्यस्तो किस्ताको रकम बुझाउनुपर्ने छैन।
(३) किस्ता दाखिला गर्ने व्यक्तिले यस दफा बमोजिम कुनै आय वर्षमा किस्ताबन्दीका माध्यमबाट दाखिला गरेको कर रकम सो वर्षमा लाग्ने कर बापत क्ट्री गर्न पाउनेछ ।